२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

कुमारी बैंकद्वारा लमजुङमा पाँचसय कटहरका विरुवा सहयोग

आइतवार , आषाढ ७, २०८३

  • 265
    Shares
  • 265
    Shares

  • लमजुङ, ७ असार । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजना र कुमारी बैंक लिमिटेडको संस्थागत सहकार्यमा लमजुङको राईनास नगरपालिका अन्तर्गत हर्राबोट र कटहरबारीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मञ्चको ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभिया ‘अन्तर्गत सञ्चालित यो कार्यक्रमका लागि कुमारी बैंकले ५ सय वटा कटहरका विरुवाहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।

    राईनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालको प्रमुख आतिथ्यता एवं मञ्चका संस्थापक बासु गौतमको नेतृत्वमा सम्पन्न कार्यक्रममा कुमारी बैंक बेसीशहर र थांतीपोखरी शाखाका प्रबन्धकहरूको सहभागीता थियो ।

    सन् २०१९ मा सुरु भएको यस राष्ट्रिय अभियान अन्तर्गत आजको कार्यक्रमसहित नेपालभर हालसम्म २ लाख ३१ हजार ८ सय विरुवाहरू सफलतापूर्वक वृक्षारोपण र संरक्षण गरी एक ऐतिहासिक माइलस्टोन पार भएको मञ्चका संस्थापक बासु गौतमले बताउनुभयो । गौतमका अनुसार अभियान अब वृक्षारोपण गर्ने कार्यमा मात्र सीमित नरहेर देशैभरि रोपिएका विरुवाहरूको दीर्घकालीन संरक्षण र सम्बद्र्धनमा केन्द्रित भएको छ ।

    WhatsApp Image 2026-06-21 at 3.51.29 PM (1).jpeg

    आगामी दिनमा यी विरुवाहरूको हेरचाह र अनुगमनका लागि मञ्चले राईनास नगरपालिका र स्थानीय सामुदायिक समूहहरूसँग सहकार्य गर्ने जनाएको छ।