आइतवार , आषाढ ७, २०८३
बुटवल, ७ असार । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा १२ मा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल सहभागी १ हजार ५ सय ८९ विद्यार्थी मध्ये १ हजार ४ सय ३८ विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्राचार्य दिनेश थापाले जानकारी दिनुभयो ।
उत्तीर्ण विद्यार्थीमध्ये १० जनाले ३ दशमलव ९ जीपीए भन्दा बढी ल्याई उत्कृष्ट भएका छन् । ब्रिजेश चौधरी, निष्चल जिसी र शिशिर मल्लले ३ दशमलव ९६ जीपीए ल्याउन सफल भएका छन् । विष्णु अधिकारी र सजल श्रेष्ठले ३ दशमलव ९४ जीपीए ल्याउन सफल भए भने दिव्य ज्ञवाली र इशान ज्ञवालीले ३ दशमलव ९१ जीपीए ल्याएका छन् । आवष्कर श्रेष्ठ, रोशन खनाल र मोहनराज चौरसियाले ३ दशमलव ९ जीपीए ल्याई उत्कृष्ट स्थान हासिल गरेका छन् ।
त्यसै गरी ३ दशमलव ६० जीपीए माथि ल्याइ १ सय ९६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ३ दशमवल २ देखि ३ दशमलव ५९ जीपीए ल्याइ ५ सय ६९ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो विद्यालयमा कुल ८ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा, कानून, र मानविकी अन्तर्गत विभिन्न विषयमा पठनपाठन हुन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij