२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

मारवाडी युवा मञ्च भैरहवाको पदस्थापना तथा शपथग्रहण कार्यक्रम सम्पन्न

आइतवार , आषाढ ७, २०८३

  • 787
    Shares
  • 787
    Shares
  • भैरहवा, ७ असार । मारवाडी युवा मञ्च भैरहवा, रुपन्देहीको पदस्थापना तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिद्धार्थनगर नगरपालिका–५ स्थित मारवाडी सेवा समितिको सभाहलमा भएको कार्यक्रममा मञ्चको वर्ष २०८३–२०८५ का लागि नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापना गरिनुका साथै शपथग्रहण गराइएको थियो । नवगठित कार्यसमितिको अध्यक्षमा रोहित अग्रवाल, उपाध्यक्षमा सौरभ अग्रवाल, निवर्तमान अध्यक्षमा मनीष अग्रवाल, महासचिवमा मोहित सेठिया, सचिवमा अर्चित बेरिवाल र कोषाध्यक्षमा प्रियंक जैन रहनुभएको छ ।

    त्यस्तै कार्यसमिति सदस्यहरूमा रौनक अग्रवाल, जय अग्रवाल, पावन अग्रवाल, अभिषेक अग्रवाल, अर्पित अग्रवाल, अचल गोयनका, सोमेश अग्रवाल, सञ्चित खन्ना, सञ्चित अग्रवाल, मनोनित सदस्यमा शुभम अग्रवाल र विकास चौधरी रहनुभएको छ ।

    मञ्चको सल्लाहकारहरूमा मनोज अग्रवाल, मनीष गर्ग, मनोज सिंघल, सन्दीप अग्रवाल, विनय गोयल र सिद्धार्थ अग्रवाल रहनुभएको छ।

    समाजसेवी नन्दलालजी गोयनको प्रमुख आतिथ्यता, नारायण प्रसाद अग्रवालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा मारवाडी सेवा संघका अध्यक्ष श्रवणकुमार बेरिवाल, निवर्तमान अध्यक्ष हेमन्तकुमार अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवाल, मारवाडी महिला मञ्चकी अध्यक्षको बेनु अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी उपाध्यक्ष बिना अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी परिषद्का सल्लाहकार मुरारीलाल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय एशोसिएट सदस्य राजेश कुमार अग्रवाललगायत व्यक्तिहरुको सहभागीता थियो ।

    कार्यक्रममा अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजसेवा, युवा सशक्तिकरण तथा सामूदायिक विकासका क्षेत्रमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । मोहित सेठियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।