२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

विश्व हिन्दू परिषद् सिद्धार्थनगर–१० को अध्यक्षमा शिवकुमार कोइरी

आइतवार , आषाढ ७, २०८३

  • 547
    Shares
  • 547
    Shares
  • भैरहवा, ७ असार । विश्व हिन्दू परिषद्, नेपालले संगठन विस्तारलाई निरन्तरता दिएको छ । सोही क्रममा शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा वडा समिति गठन गरिएको छ ।

    शिव कुमार कोइरीको अध्यक्षतामा वडा समिति गठन गरिएको विश्व हिन्दू परिषद् रुपन्देहीका जिल्ला अध्यक्ष गोपाल उपाध्यायले बताउनुभयो । 

    नवगठित समितिको उपाध्यक्षमा रामकेश्वर सहानी, सचिवमा रामचन्द्र कोइरी, कोषाध्यक्षमा रामलखन लोहार, गौरषा प्रमुखमा राजकुमार चाई, युवा प्रमुखमा भिमसेन सहानी, धर्म प्रचार प्रमुखमा शेषनाथ मुराउ, सत्संग प्रमुखमा शिव सागर कोइरी र सम्पर्क प्रमुखमा महेश मौर्या रहनुभएको छ ।

    WhatsApp Image 2026-06-20 at 10.19.42 AM.jpeg