२०८३, आषाढ ५ गते

Jun 19 2026 | २०८३, आषाढ ५ गते

अभौतिक मुद्रासम्बन्धी कसूरमा सात चिनियाँ नागरिक पक्राउ

शुक्रवार , आषाढ ५, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • भैरहवा, ५ असार । अभौतिक मुद्रासम्बन्धी कसूरमा प्रहरीले रुपन्देहीबाट ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१२ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

    विगत केही दिनदेखि चिनियाँ नागरिकहरुले कानूनले निषेधित गरेको विभिन्न एप्स र बेबसाईटहरुमार्फत अभौतिक मुद्रा (किप्टोकरेन्सी) को कारोबार गरिरहेका छन भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक चन्दका अनुसार विभिन्न अभौतिक मुद्रा (किप्टोकरेन्सी) एप्स, बेबसाईट, पेटिएम लगायतमार्फत कारोबार गरिरहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेको व्यक्तिहरुबाट विभिन्न कम्पनीका मोबाइल ११ थान र ल्यापटप २ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    • राहदानी नम्वर ER4733828 भएको बर्ष ४९ को XIONG GUOFU ।
    • राहदानी नम्वर EB283321 भएको बर्ष ४३ को HU GANG ।
    • राहदानी नम्वर EK2235349 भएको बर्ष ४५ को LI XUANHE ।
    • राहदानी नम्वर EP9009232 भएको बर्ष ३६ को SUN HUI ।
    • राहदानी नम्वर E06886306 भएको बर्ष ३५ को ZHAO QIUCHEN ।
    • राहदानी नम्वर ER8413596 भएको बर्ष ३१ को XIANG JIASHUN ।
    • राहदानी नम्वर EP6524364 भएको बर्ष ४५ को BIN ।