२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

जेसीआई सिद्धार्थद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री तथा पानी वितरण

बिहिवार , बैशाख ३०, २०७८

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • भैरहवा, ३० वैशाख । 
    जेसीआई सिद्धार्थ, नेपालले सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री तथा पानी वितरण गरेको छ । निषेधाज्ञाको पालना गराउन सडकमा अग्रपंक्तिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बिहीबार मास्क, सेनिटाइजर, पिउने पानी तथा बिस्कुट वितरण गरिएको जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । 

    ‘दोस्रो लहरको कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ, निषेधाज्ञा पालना गराउन दिनरात खट्ने सुरक्षाकर्मीहरुलाई केही भए पनि सहयोग पुगोस् र आत्मबल बढोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेका हौं, ’ज्ञवालीले भने ।

    भैरहवाका विभिन्न स्थानमा खटिएका १ सय बढी सुरक्षाकर्मीहरुलाई सामग्री वितरण गरिएको कार्यक्रम संयोजक तथा जेसीआई सिद्धार्थका महासचिव सागर पोखरेलले जानकारी दिए । कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डको पालना गर्न जेसीआई, सिद्धार्थले आग्रह समेत गरेको छ ।