सोमवार , आषाढ १, २०८३
काठमाडौँ, १ आषाढ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले बजेट पुनर्लेखन गर्न सरकारसँग माग गर्नुं भएको हो । सांसद अर्यालले सामाजिक न्यायको दृष्टिकोणले बजेट प्रतिगामी रहेको जिकिर समेत गर्नुभयो ।
उहाँले सरकारले ल्याएको कर प्रणाली पनि उचित नभएको जिकिर गर्नुभयो । सांसद अर्यालले बजेटमा गरिव वर्गका लागि कुनै ठोस योजना ल्याउन नसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकारले आफनो कर प्रश्तावमा आम्दानीमा आधारित प्रणालीको सट्टा उपभोगमा आधारित प्रणालीमा जोड दिएको छ । यो बजेट स्वभाविक रुपमा प्रतिगामी छ । करका संरचनाहरुबारे नेकपाका माननीय डा. पर्शुराम तामाङ र माननीय वर्षमान पुनले प्रतिनिधिसभामा विस्तृत रुपमा राखिसक्नु भएको हुनाले उहाँहरुको धारणाप्रति समर्थन जनाउँदछु ।
अर्कोतर्फ सार्वजनिक कम्पनीहरुले सरकारलाई बुझाउने लाभांश मा राजश्व फिर्तामा जोड दिनुपर्दछ । गरिव र निमुखामुखि बजेट हुनुपर्दछ । यो बजेट पुनर्लेखन हुने सर्तसहित समर्थन गर्दछु ।’
सांसद अर्यालले सरकारले उत्पादनको क्षेत्रमा कुनै ठोस योजना ल्याउन नसकेको समेत बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij