२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

अक्सिजन अभावका कारण आजमात्रै बुटवलमा ५ जनाको मृत्यु

बुधवार , बैशाख २९, २०७८

बुटवल, २९ वैशाख । 
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा अक्सिजन अभावमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको सहायतामा उपचार भइरहेका ती ५ जना संक्रमितहरुलाई दिइरहेको अक्सिजन सकिएपछि थप अक्सिजन लिन नपाएर मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालमा आज बिहानै आउनुपर्ने अक्सिजनको सिलिण्डर समयमा आउन नसक्दा आधा घण्टा अक्सिजन दिन नसकिएको र सोहि समयमा उपचाररत संक्रमितहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा केहीबेर अगाडी मात्र अक्सिजन सिलिण्डर झरेको जनाइएको छ ।

अस्पतालका अनुसार अक्सिजन सकिएको सुचना गर्दा पनि समयमा अक्सिजन आपुर्ती नहुदा उपचार गराईरहेका बिरामीहरु अक्सिजन नपाएरै निधन भएको जनाइएको छ । समयमा अक्सिजन पुग्न नसक्दा बेडमा रहेका संक्रमितहरुलाई आधा घण्टा अक्सिजन दिन नसकिएको र उनिहरुको निधन भएको लुम्निी अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए। 

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरका ४ जना र नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल ११ का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षिय पुरुष, बुटवल १२ की ५९ वर्षिया महिला र बुटवल १३ का ५२ वर्षिय पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार अक्सिजन नै नपाएर नवलपरासी बर्दघाटका ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।