२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

नेपालमा कोरोना संक्रमणबाट थप १ सय ६८ जनाको निधन 

बुधवार , बैशाख २९, २०७८

बुटवल, २९ वैशाख ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १६८ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६८ जनाको मृत्यु भएको जानकारी दिए ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएका जानकारी अनुसार आजसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या कुल ४ हजार १ सय ५२ पुगेको छ । शवको ब्यबस्थापन मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप नेपाली सेनाले गरेको छ । 

गौतमका अनुसार गत २४ घण्टामा नेपालमा ९ हजार २ सय ३८ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ४ सय ४४ संक्रमणमुक्त भएका छन् । पत्रकार सम्मेलनमा डा. गौतमले आज गरिएको कुल २० हजार ३ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २ सय ३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

नेपालमा सक्रिय संक्रमितको कुल संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको डा. गौतमले बताए । जसमध्ये ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेशनमा र ९४ हजार ३ सय ४३ जना होम आइसोलेसनमा रहेको उनले बताए।