images

आइतवार, बैशाख ३० गते २०८१

नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

images
images
images
बुधवार, बैशाख २९ २०७८
बुधवार, बैशाख २९ २०७८
  • नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

    भैरहवा, २९ वैशाख ।
    नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन् । कांग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाइ अस्थायी रुपमा आवासको लागि दिइएको कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले जानकारी दिए ।

    images
    images
    images

    कोरोना महामारी बढिरहेको अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको अवस्थामा यस अघि नै कांग्रेस रुपन्देहीले दुईतले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितको लागि आइसोलेशन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो । 

    सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको महामारीका बेला बस्नलाई भएको असुविधालाई मध्यनजर गरी बेड समेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइएको रज्जाकले जानकारी दिए । आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सके र अन्य स्वास्थ्य संस्थाले समेत प्रयोगमा ल्याउन सक्ने समेत उनले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij