images

शनिवार, बैशाख २९ गते २०८१

अस्पतालहरुमा अक्सिजनको चरम अभाव, रातभर कर्मचारी अक्सिजनको खोजीमा

अस्पतालहरुमा अक्सिजनको चरम अभाव, रातभर कर्मचारी अक्सिजनको खोजीमा

images
images
images
बुधवार, बैशाख २९ २०७८
  • अस्पतालहरुमा अक्सिजनको चरम अभाव, रातभर कर्मचारी अक्सिजनको खोजीमा

    भैरहवा, २९ वैशाख ।
    रुपन्देहीका अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ । बिरामीको संख्या दिनप्रतिदिन बढ्दै जानु तथा अक्सिजन आपूर्तिमा समस्या आएपछि अभाव चर्किएको छ । अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि अस्पतालका कर्मचारी रातदिन अक्सिजन खोज्नमा समय व्यतित गर्न लागेका छन् ।

    images
    images
    images

    मंगलबार मध्यराती १२ बजे रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)का सिईओ अजयकुमार पीएससहितका कर्मचारी अक्सिजनको जोहोका लागि दौडिएका थिए । अस्पतालमा अक्सिजनको अभाव भएपछि बिरामी तथा उनीहरुका आफन्तहरु चिच्चाउँदै छट्पटाउन थालेपछि मध्यराती अक्सिजनको जोहो मिलाउनका लागि उनीहरु कहिले जिल्ला प्रशानि कार्यालय त कहिले अक्सिजन उद्योगमा धाएका छन् ।

    युसीएमएस आउँदै गरेको अक्सिजन बोकेको गाडीलाई चितवन प्रशासनले रोकेपछि गाडी छुटाउन माग गर्दै मंगलबार राति १० बजे जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेका थिए । तर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ समक्ष खबर नपुग्दा साढे १२ बजेसम्म गेट अगाडि बसेर अस्पतालका कर्मचारी फर्किएका थिए ।

    त्यहाँबाट फर्किएका उनीहरु रुपन्देहीको रोहिणी गाँउपालिका छिपागढमा रहेको शंकर ग्यासमा पुगेर ५० वटा अक्सिजन सिलिण्डर लिएर आएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकालले जानकारी दिए । उनले उद्योगबाट ५० वटा अक्सिजन सिलिण्डर बोकेर अस्पताल पुगेर बिरामीको ज्यान जोगाएको बताए ।

    उनले अस्पतालमा रहेका २ सय २५ जना बिरामीमध्ये १ सय ८० जना अक्सिजनको सहायतामा रहेको बताए । अस्पतालमा एक घण्टामा झण्डै ४०/४५ बटा सिलिण्डर आवश्यक पर्नेमा अक्सिजनको सहज व्यवस्थापन नहुँदा समस्या जटिल बनेको उनको भनाइ छ । उनले अक्सिजनको व्यवस्थापन नभए आज पनि उस्तै नियति भोग्नुपर्ने बताए ।

    युसीएमएसका जनसम्पर्क अधिकृत सुशिल गुरुङले मानव स्वास्थ्यसंग जोडिएको संवेदनशील विषयमा जिम्मेवार निकाय हाई अर्लट बस्नुपर्ने भए पनि त्यसो नभएको गुनासो गरे । ‘चितवनबाट आउनुपर्ने अक्सिजन सिलिण्डर रोकिएपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसंग समन्वय गरिदिनका लागि गर्न फोन गर्यौ, सिडिओसाबको फोन उठेन, अंगरक्षकलाई भन्दा पनि रेसपोन्स भएन, प्रशासन कार्यालयकै गेट अगाडी करिब अढाई दुई घण्टा उभिएर रितै फर्कियौ,’ उनले भने । अस्पतालमा अक्स्जिन सिलिण्डर सकिन लाग्दा एकदमै समस्या हुन थालेपछि आउनुपर्ने सिलिण्डर रोकिएपछि झन समस्या थपिएको उनले बताए ।

    गृह मन्त्रालयमार्फत चितवनको प्रमुख जिल्ला अधिकारीसंग समन्वय भएपछि चितवन प्रशासन उतै रोकिएको अक्सिजन सिलिण्डर पठाउन तयार भएको उनले बताए । ‘सम्बन्धित जिल्लाले आफ्नो क्षेत्रमै बिरामीको उपचार होस् भन्ने चाहना राख्नु स्वभाविक हो, तर यहाँको स्थानीय प्रशासनले समन्वय गर्नुपर्ने हो, त्यो नहुँदा हामी र बिरामीले निकै दुःख पायौ’ उनले भने ।
    चितवनबाट १ सय ५० वटा र यस क्षेत्रका उद्योगबाट ५० वटा व्यवस्थापन भएको उनले बताए । ‘२४ वटा भेन्टिलेटरमध्ये १२ वटामा कोरोना संक्रमितलाई राखिन्छ, अहिलेको अवस्थामा सबै बिरामीलाई प्रयाप्त अक्सिजन आवश्यक हुन्छ,’ उनले खबरपात्रोसंग भने । दैनिक ६ सय वटा अक्सिजन सिलिण्डर अस्पताललाई आवश्यक  भएको उनले जानकारी दिए ।
    ‘यहाँ रहेका २ वटा उद्योगबाट ४ सय २० वटा अक्सिजन सिलिण्डर दिने सहमति भएको थियो तर त्यो पनि पाएका छैनौं, हिजो एउटा उद्योगबाट २० वटा सिलिण्डर मात्र पायौं,’ गुरुङले भने अस्पतालले बिरामीको हेरचाह गर्ने कि अक्सिजन सिलिण्डर खोज्दै हिंड्ने, उनले प्रतिप्रश्न गरे । स्थानीय प्रशासन, प्रदेश र स्थानीय सरकारले यसविषयमा ध्यान दिनुपर्ने गुरुङको भनाइ छ ।

    युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले चितवनमा रोकिएको अक्सिजन सिलिण्डर भैरहवा ल्याउनुपर्ने भएकोले प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्न प्रशासन कार्यालय अगाडी करिब अढाइ घण्टा उभिएको बताए ।

    भैरहवाको भीम अस्पतालमा पनि उस्तै अवस्था छ । अस्पतालका कर्मचारी दिनभरी ड्युटी गरेर रातभरी अक्सिजनको जोहोमा खटिरहेका छन् । भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी शशिकान्त उपाध्यायले अक्सिजन सिलिण्डरको अभाव हुँदा कोभिड संक्रमित बिरामीहरुको उपचारमा समस्या भएको बताए । नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष समेत रहेका उपाध्यायले भने, केही बेर अघि ३५ वटा अक्सिजन सिलिण्डर ल्याएका थियौं, यो पनि अबको दुई/अढाइ घण्टापछि सकिन्छ । सोमबा राती अस्पतालमा सिलिण्डर सकिन लाग्दा राती साढे १ बजे उद्योगमा पुगेर म र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी गोपाल उपाध्याय उद्योगमा पुगेर सिलिण्डर ल्याएका थियों । अक्सिजनको सहज आपूर्ति हुनुपर्ने उनको भनाइ छ । रातीको बेला विरामीको हेरचाहमा खटिनुपर्ने स्वास्थ्यकर्मीहरु अक्सिजनको खोजीमा हिड्नुपर्ने बाध्यता रहेकोले स्वास्थ्यकर्मी धन्यवादको पात्र भएको युवा राजन शुक्ला बताउँछन् । 185092563_3021474761409310_548140659324263709_n.jpg

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अक्सिजनको जोहोमा लागिपरेको बताए । बिरामीको उपचारमा सहज भन्नका लागि म पनि ४/५ दिनदेखि सुतेको छैन्, राति अलि सञ्चो नहोला जस्तो भएर मोबाइल साइलेन्स राखेर रेष्ट गरेको बेलामा उहाँहरु आउनु भएको रहेछ, गेटमा बसेका प्रहरीसंग समस्या सहित राम्रोसंग भनेको भए मलाई तत्काल जानकारी गराउने थिए, सिडिओ तामाङले भने म पनि फलाम होइन, मान्छे नै हो, आरोप मात्र लगाउन भन्दा हामीले गरेका काम हेरेको भए मात्र भए पनि हुने थियो । उनले राति २ बजेर ४ मिनेटमा चितवनका सिडियोसंग सम्पर्क गरेर रोकिएका अक्सिजन रुपन्देही मगाएको उल्लेख गरे । ‘हामी पनि निरन्तर रुपमा लागेका छौ, उद्योगका लागि आएका अक्सिजनसहितका सिलिण्डर अस्पतालका लागि मिलाएका छौ, उनले भने त्यति मात्र होइन गण्डकी तथा एक नम्बर प्रदेशबाट पनि अक्सिजन ल्याउनका लागि समन्वय गरिरहेका छौं । अक्सिजनको अभावमा मेडिकल कलेजले सोमबारदेखि नयाँ बिरामीको भर्ना रोकेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij