२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

पत्रकार मनोरञ्जन शर्माको निधन

शनिवार , आश्विन ४, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ४ असोज । पत्रकार मनोरञ्जन शर्माको शनिबार निधन भएको छ । शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो ।

    विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँ कारोबार दैनिक, न्यूज ओके सम्पादक लगायत सञ्चार माध्यममा आबद्ध हुनुहुन्थ्यो ।

    उहाँको श्रीमती, एक छोरी र एक छोरा छन् । पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सल्लाहकार समेत रहनुभएका पत्रकार शर्माको निधनले सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको क्लबका अध्यक्ष कमल रायमाझीले बताउनुभयो ।

    शर्माको निधनप्रति लुम्बिनी प्रेस क्लबसहित विभिन्न संघ-संस्थाले दुःख व्यक्त गरेका छन् ।