२०८३, जेठ १९ गते

Jun 02 2026 | २०८३, जेठ १९ गते

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको छ : रास्वपा

मंगलवार , जेठ १९, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • काठमाडौँ, १९ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि  दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ ।

    मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

    उहाँले नेपालको दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरु भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धि विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गर्नुभयो ।

    महामन्त्री बुर्लाकोटीले रास्वपाले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा स्पष्ट रहेको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री साहले उक्त विषयमा समय आएपछि जवाफ दिने बताउँदै विपक्ष दलहरुले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘अहिलेको जुन रिर्पोटहरु छ सामान्यतयाः अब यो दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरु भएको छ । त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो । र यो चाहीँ अन्तर्राष्ट्रिय हिसावमा पनि छलफल गरेर जानुपर्दछ भन्ने जुन प्रधानमन्त्रीज्युले राख्नुभएको छ ।

    त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ । कि हाम्रो सीमाको समाधान अलि छिटो गर्नुपर्छ । कुटनीतिक तवरबाट पहल गर्नुपर्छ भन्ने छ । यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आई नै हाल्छ ।

    अव अर्कोलाई यो रिवर्स कूटनीति पनि हो । अर्कोतर्फ पार्टीले त यस अगाडि नै हामीले हाम्रो भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरु फिर्ता हुनुपर्दछ । र, भूमि फिर्ता लिनका लागि कूटनीतिक पहल गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेको छ ।

    त्यो कारणले गर्दा पार्टीको धारणा स्पष्ट नै छ । र, यो विषय थप छलफलहरु अगाडि बढछ । यो तत्ठाउँहरुमा नै छलफल भएर अगाडि बढला । यो विषयमा मैले थप धारणा राख्नु भन्दा पनि पार्टीको धारणा स्पष्ट छ । हाम्रो भूमिहरु मिचिन दिनु हुँदैन । ती भूमिहरु फिर्ता ल्याउनका लागि कूटनीतिक पहलहरु गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट छ ।

    यही विषयमा हामी छलफल गरिराखेका छौ । प्रतिपक्ष दलहरुसँग हामीले यो विषयमा पनि छलफल गरिराखेका छौ । यो सदन सुचारु गरौ । त्यो विषयमा तत्अवस्थामा सरकारको तर्फबाट त्यसको कुराहरु आईनै हाल्छ भनेर हामीले यसरी राख्यौ । उहाँहरु यो विषय आएपछि मात्रै सदन अगाडि जान्छ भन्नु हुन्छ । त्यो उहाँहरुले राख्ने कुरा चाँही कस्तो छ भने त्यो आउँछ भनेपछि त्यसलाई अगाडि पनि बढाउनु प¥यो नि ।’

    महामन्त्री बुर्लाकोटीले बजेट पारित गर्न ढिलाई हुने भएकाले पनि विपक्ष दलहरुले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताउनु भयो ।