२०८३, जेठ १९ गते

Jun 02 2026 | २०८३, जेठ १९ गते

समृद्धि ईन्टरप्राईजेज भैरहवाको बद्मासी

७ बर्षदेखि गाडि नामसारी नहुँदा गाडि खरिद गरेका व्यक्तिको उठिवास

मंगलवार , जेठ १९, २०८३

  • 559
    Shares
  • 559
    Shares
  • भैरहवा । रुपन्देहीको सिद्धार्थ नगरनगरपालिका वडा नम्बर १० दोगहरीका गौतम यादवले गत २०८० कार्तिक १३ गते समृद्धि ईन्टरप्राईजेज, भैरहवाबाट महेन्द्रा कम्पनीको बोलेरो पिकअप गाडि खरिद गर्नुभयो । २३ लाख २० हजार मुल्यको उक्त बोलेरो गाडि यादवले १५ दिन सम्पुर्ण रकम भुक्तान हुने गरी तीन बटा चेक मार्फत सम्पुर्ण रकम समृद्धि ईन्टरप्राईजेजलाई बुझाउनु भयो । 

    व्यवसायिक प्रयोजनका लागि गाडि खरिद गर्नुभएका यादवले पैसा बुझाएपछि गाडि नामसारी गर्नका लागि गाडि बिक्रेतालाई पटक पटक आग्रह गर्नुभयो । यादवले पटक पटक आग्रह गरेपनि गाडि बिक्रेता समृद्धि ईन्टरप्राईजेजले गाडि नामसारी नगरिदिदा यादव विचल्लीमा परेका छन् । 

    समृद्धि ईन्टरप्राईजेजका प्रोपराईटर दीपक श्रेष्ठले गाडिको नामसारी नगरिदिदा यादव जस्तै थुप्रै गाडि धनी विचल्लीमा परेका हुन् । यादवले खरिद गरेको लु ३ च ७८५३ नम्बरको पिकअप गाडि सबै पैसा तिरेपनि आफुले अहिले चलाउन नपाएको गुनासो गर्नुभयो । उक्त गाडि ग्लोवल आईएमई बैक लिमिटेडले लगेको उहाँको भनाई छ । ‘गाडि लोड गर्न छ भनेर बोलाउनु भयो, खुरुखुरु गएपछि ग्लोवल आईएमई बैंकका कर्मचारीले जवर्जस्ती तानेर लग्नु भयो, यादवले भन्नुभयो, अहिलेसम्म तीन लाख बढीको भार परेको छ ।’ 

    यादव जस्तै सियारी ६ लक्ष्मणगञ्जका माधव चौधरीले पनि उस्तै दुःख वेहोर्नु परेको छ । चौधरीले पनि दुई किस्तामै बोलेरो गाडिको रकम भुत्तान गरेपनि अहिलेसम्म गाडिको नामसारी नगरिदिदा ठुलो समस्या परेको बताउनु भयो ।

    गाडि खरिद गरेको ५ बर्षमा ५ सय पटक बढी गाडि नामसारी गर्न भन्दा पनि नगरिदिएको उहाँको भनाई छ । गाडिको नामसारी हुन नसक्दा बैंकबाट पटक पटक टर्चर हुने गरेको बताउनु भयो । 

    त्यसैगरी दाङका सोमप्रसाद चौधरी र मिनराज अधिकारीले खरिद गरेको महेन्द्रा बोलेर गाडिको पनि अहिलेसम्म नामसारी भएको छैन् । २०७६ कार्तिक २५ गाडि खरिद गरेर लैजानु भएको उहाँहरुलाई समृद्धि ईन्टरप्राईजेजले ७ बर्ष पुरा हुँदासम्म पनि गाडि नामसारी गरिदिएको छैन् । 

    IMG_4129.jpg
    बन्द अबस्थामा रहको समृद्धि ईन्टरप्राईजेज

    यता समृद्धि ईन्टरप्राईजेजको साउजी दीपक श्रेष्ठ भने सोरुममा ताला ठोकेर टाप कस्नु भएको छ । गाडि नामसारी नहुँदा उहाहरु जस्ता थुप्रै जना साउजीको खोजी र न्यायका लागि कहिले प्रहरी पैशासन त कहिले पत्रकारसंग हारगुहार गर्दै हिड्न परेको छ । 

    समृद्धि ईन्टरप्राईजेजका प्रोपराईटर दीपक श्रेष्ठलाई सम्पर्क गर्दा उहाँको मोवाईल स्वीच अफ थियो । उहाँलाई पटक पटक सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन सकेको छैन् ।