मंगलवार , जेठ १९, २०८३
भैरहवा, १९ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले झण्डै १२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरीपैठारी गरेको अन्दाजी मूल्य ११ लाख ८८ हजार ७ सय ६४ रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएको सामानमा लेडिज सुट, टप्स, साडी, बेल्ट, बिस्कुट, जुत्ता, मोबिल, चकलेट, मसाला, बदाम, केरा, आँप, इन्भर्टर, चिनी, सिरानीको खोल, तन्ना, हरियो खुर्सानी, मोटरसाइकल लगायत रहेका छन् ।
बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
