images

आइतवार, बैशाख ३० गते २०८१

अर्घाखाँचीमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

images
images
images
मंगलवार, बैशाख २८ २०७८
मंगलवार, बैशाख २८ २०७८
  • अर्घाखाँचीमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

    अर्घाखाँची, २८ वैशाख ।

    images
    images
    images

    अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३ जना मृत्यु भएको छ । जसमध्ये मालारानी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षिय पुरुष र सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटका ५२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    यता सन्धिखर्क नगरपालिका वडा नम्बर १ कि २८ वर्षिय महिलाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।

    जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ३८, भुमिकास्थान नगरपालिकामा १०, शितगंगा नगरपालिकामा ५, मालारानी गाउँपालिकामा ६, पाणिनी गाउँपालिकामा २ र छत्रदेव गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हाल जिल्लामा ५१३ जना सक्रिय कोरोना संक्रिमत उपचारत रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij