२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

जेन–जी आन्दोलनका ध्वस्त भएका सरकारी भवनको पुनर्निर्माण गर्न बजेटमै व्यवस्था

शुक्रवार , जेठ १५, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • काठमाडौँ, १५ जेठ । सरकारले गत भदौको जेन–जी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रवलिकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिने भएको छ । 

    संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसका लागि बजेटमै व्यवस्था गरिएको बताउनुभएको हो । उहाँले जाजरकोट तथा रुकुमपश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताउनु भयो ।

    हालसम्म सडक सञ्जालसँग नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाइने बताउनु भयो ।

    उहाँले देशभर झोलुंगे पुल निर्माण गर्न ५ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताउनु भयो ।