२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

२४ घण्टामा ९४८३ जना नयाँ कोरोना संक्रमित थपिए, २२५ जनाको मृत्यु

मंगलवार , बैशाख २८, २०७८

बुटवल, २८ बैशाख।

कोरोना महामारीका कारण आज देशभर ९ हजार ४ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय २५ जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ३९ जनाको मृत्यु भएको थियो।

रुपन्दहीमा आज ५ सय ५६ नयाँ सक्रमित थपिएका छन भने गत २४ घण्टामा १४ जनाको निधन भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाईरसको संक्रमणका कारण निधन हुनेको संख्या हालसम्म जिल्लामा २ सय ९३ पुगेको छ।

कुल संक्रमित संख्या १९ हजार १ सय ३० छन भने निको भएर घर फर्कनेको संख्या १२ हजार ३ सय ७ जना रहेको छ।