२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

काठमाडौंमा ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

शुक्रवार , जेठ १५, २०८३

  • 421
    Shares
  • 421
    Shares
  • काठमाडौँ, १५ जेठ । ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रवार राजधानीमा प्रभातफेरी गरिएको छ । 

    सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रवार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सगरमाथा आरोहणको ऐतिहासिक गौरवलाई स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा सहभागीहरूले एक–अर्कामा शुभकामना आदानप्रदान गर्दै सगरमाथाको महत्व र यसले नेपालको पहिचानमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।