images

आइतवार, बैशाख ३० गते २०८१

सडकमा खटिएका सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर

सडकमा खटिएका सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर

images
images
images
मंगलवार, बैशाख २८ २०७८
मंगलवार, बैशाख २८ २०७८
  • सडकमा खटिएका सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर

    बुटवल, २८ वैशाख ।
    कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि फ्रन्टलाइनमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने समूह तथा व्यक्तिहरुलाई सामाजिक तथा व्यवसायिक संघ–संस्थाहरुबाट निःशुल्क रुपमा स्वाश्थ्य सामाग्री प्रदान गर्ने गरिएको छ । यसै क्रममा यातायात क्षेत्रको संस्था ढुवानी व्यवसायी समिति, रुपन्देहीले बुटवल उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण प्रहरीका इकाईहरु तथा सडकमा खटिएका सुरक्षाकर्मीहरुलाई निःशुल्क माक्स तथा सेनिटाइजर दिएको छ ।

    images
    images
    images

    समितिले मंगलबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरीकार्यालय, इलाका प्रहरी कार्यालय बुटवल, रामनगर प्रहरी चौकी तथा योगिकुटी, देवीनगर, राजमार्ग चौराहा, ट्राफिकचोक, गोलपार्क, अमरपथमा रहेका अस्थायी प्रहरी पोष्ट तथा सामुदायिक प्रहरी बिटमा मास्क तथा सेनिटाइजर वितरण गरेको छ । समितिका अध्यक्ष श्यामराज हमाल, वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ तथा महासचिव विष्णु गैरेसहितको टोलीलेस्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

    त्यस अवसरमा समितिका अध्यक्ष हमालले यातायात व्यवसायीको काम गाडी गुडाउने र मालसामान बोल्ने भए तापनि अहिले विश्व महामारीको रुपमा फैलिएको कोभिड –१९ को अवस्थामा अग्रपंक्तिमा रहेर आफ्नो निष्ठा र कर्तव्य पालना गर्ने प्रहरीको जीवन रक्षाका लागि सानो सहयोग गरिएको बताए । उनले महामारीका बेला हामी सबै सचेत हुनुपर्ने कुरामा जोड दिदै शान्ति सुरक्षामा खटिने क्रममा आउने समस्यालाई सरल तरिकाले सम्बोधन गर्न र सुरक्षित भएर काम गर्न आग्रह गरे ।

    सामाग्री ग्रहण गर्दै विभिन्न क्षेत्रमा कार्यरत प्रहरीहरुले ढुवानी व्यवसायी समिति रुपन्देहीले यस्तो कार्य गरेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण आम नागरिकलाई बिना माक्स बिना काम हिड्डुल नगर्न आग्रह गरेका थिए ।

    समितिले विभिन्न क्षेत्रमा मंगलवार करिब १५ हजार मुल्य बराबरको ५ हजार मास्क तथा १५ लिटर सेनिटाइजर वितरण गरेको महासचिव रामप्रसाद गैरेले बताए । त्यस क्रममा टोलीले सडकमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि सामाग्री वितरण गरिएको वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिदै आगामी दिनमा पनि आवश्यकता अनुसार यसप्रकारको सहयोग गर्ने योजना रहेको बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij