२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

थाई बिहार लुम्बिनीद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

मंगलवार , बैशाख २८, २०७८

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, २८ वैशाख ।
    राजकीय थाई बिहार लुम्बिनीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बिहारले अस्पताललाई मास्क २५ प्याकेट, सेनिटाइजर १५ लिटर, पीपीई ४० सेट, ग्लोब्स २ प्याकेट र पानी ५० काटुन उपलब्ध गराएको हो ।

    कोरोना महामारीमा दिनरात फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गर्दै मंगलबार स्वास्थ्य सामग्री प्रदान गरिएको राजकीय थाई बिहार लुम्बिनीका प्रमुख भिक्षु सुपोत किन्नवत्तीले बताए । भिक्षु सुपोतले अस्पतालकी आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

    लुम्बिनी स्वर्ण फाउण्डेशनका सहयोगमा भएको उक्त सामग्री हस्तान्तरण कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कोषाध्यक्ष गोविन्द ज्ञवाली, संघका कार्यसमिति सदस्य गोपाल भण्डारी, कानून व्यवसायी तथा समाजसेवी प्रख्यात बन्जाडेको उपस्थिति रहेको थियो ।