२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

मुद्रण उद्योग संघ रुपन्देहीको दुईदिने कार्यशाला गोष्ठी

आइतवार , जेठ १०, २०८३

  • 838
    Shares
  • 838
    Shares
  • बुटवल, १० जेठ । मुद्रण उद्योग क्षेत्रको सुदृढीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिँदै मुद्रण उद्योग संघ रुपन्देहीले पाल्पाको ढोलीमारा होमस्टेमा आयोजना गरेको दुईदिने रणनीतिक योजना कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उद्योगका चुनौती, भावी योजना र संस्थागत विकासबारे छलफलसहित सम्पन्न गोष्ठी आइतबार समापन भएको हो।

    कार्यक्रमको नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष विष्णु प्रसाद तिवारीले औपचारिक उद्घाटन गर्दै नयाँ प्रविधि र सिकाई मानव जस्वनमा निरन्तर जरुरी रहने बताउनुभयो । समयअनुसार चल्न सक्दा नै सफलता मिल्ने उहाँले बताउनुभयो । मानव जीवनमा ढिला भए पनि सत्यको जीत हुने तर्क राख्दै उहाँले सधै सकारात्मक सोचका साथ मानिस अघि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यशाला गोष्ठीमा प्रोफेसर राजेन्द्र लम्सालले सहजीकरण गर्दै तालिममा लिएका र बुझेका ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले नेतृत्व र क्षमता विकासबारे विभिन्न उदाहरण र तर्कहरु पेश गर्नुभयो । नेतृत्व जन्मजात हुँदैन, यो जन्माइन्छ भन्ने उदाहरण दिदै सफल नेतृत्वका लागि पेशामा इमान्दारिता, निष्ठा, सकारात्मक मनोवृत्ति र सञ्चार महत्वपूर्ण हुने उहाँले बताउनुभयो । संस्थालाई सबल र व्यवस्थित गर्दै जानुपर्ने सुझाव दिदै पारदर्शी बनाउन आर्थिक नियमावली निर्माण गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

    कार्यक्रममा संघका अध्यक्ष अरुण पन्थीले संस्थाको वार्षिक कार्ययोजना अनुसार नै कार्यशाला गोष्ठी निर्माण गरिएको बताउनुभयो । प्लान अफ एक्सन र त्यसको जिम्मेवारी, बजेट बिनियोजन गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । संगठन सदस्य र कार्यका हिसाबमा रुपन्देही शाखा अग्रणी भूमिकामा रहेको भन्दै केन्द्रिय नेतृत्व जन्माउन समेत सफल रहेको उहाँले बताउनुभयो । 

    कार्यक्रममा संस्थापक खेम प्रसाद लुईटेल, पूर्वअध्यक्ष कृष्ण पराजुली, केन्द्रिय सदस्य निर्मल अर्याल, पशुपति पौडेल, पूर्वअध्यक्ष लिला लुईटेल, प्रदेश अध्यक्ष घनश्याम घिमिरेले व्यवसायमा विविधिकरण, सामाजिक संजालको प्रयोग, गुणस्तर सेवा, संस्थागत ग्राहकलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

    6e5219e1-4682-476b-9cf6-9a29ec3f3aaa.jpg

    कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु घिमिरेले दुईदिने कार्यशालामा संस्थाका सकारात्मक पक्ष, कमजोरी, अवसर, चुनौतीको वृहत रुपमा छलफल गरी योजना निमार्ण गरिएको बताउनुभयो । अहिले उद्योगमा देखिएको अस्वस्थ प्रतिष्पर्धा, प्रविधिमैत्री तालिम अभाव, जनशक्ति उत्पादनलाई आगामी दिन योजना बनाएको उहाँले बताउनुभयो ।
    महासचिव नर बहादुर रानाले संस्थाको सदस्यता विस्तार, प्रविधि र सहज पहँुचमा जोड दिएको बताउनुभयो ।