२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

भैरहवामा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न

आइतवार , जेठ १०, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • भैरहवा, १० जेठ । श्री नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सिद्धार्थनगर–९, भैरहवा, रुपन्देहीको आयोजनामा आइतबार आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । 

    सहकारी शिक्षा, सदस्यको भूमिका, सुशासन तथा आर्थिक सशक्तिकरणसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सहकारीले जनाएको छ ।

    कार्यक्रमको प्रमुख अतिथि संस्थाका पूर्वअध्यक्ष तथासल्लाहकार बाबुराम भट्टराईले उद्घाटन  गर्नुभएको थियो । 
    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका अध्यक्ष भानु पौडेलले सहकारी अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन यस्ता तालिम महत्वपूर्ण हुने बताउनुभयो ।

    संस्थाको सदस्य तुलसा पाण्डेको स्वागत तथा शिक्षा उपसमिति सदस्य कोपिला मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक मोती प्रसाद पौडेल, सदस्य राजेश राज जोशी लगायतको उपस्थिति थियो । 

    WhatsApp Image 2026-05-24 at 6.09.48 PM.jpeg

    तालिममा सहकारीको सिद्वान्त, सदस्यको दायित्व, बचत तथा कारोबार व्यवस्थापन, सुशासन र व्यवहारिक सहकारी शिक्षाका विषयमा प्रशिक्षण दिइएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा ४५ जना सदस्यहरुको सहभागीता थियो ।

    WhatsApp Image 2026-05-24 at 6.09.49 PM.jpeg