आइतवार , जेठ १०, २०८३
भैरहवा, १० जेठ । नेपाली कांग्रेस, सिद्धार्थनगर नगर कार्यसमितिको कार्यबाहक सभापतिको जिम्मेवारी देवराज न्यौपानेलाई दिइएको छ । कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङले न्यौपानेलाई कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान गर्नुभएको नगर सचिव अनिल कुमार के.सी.ले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी न्यौपाने हाल कांग्रेस सिद्धार्थनगरको उपसभापति हुनुहुन्छ ।
कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान गरिएपछि क्षेत्रीय सभापति गुरुङले नेपाली कांग्रेसको विधान अनुसार न्यौपानेले पार्टी संगठनलाई गतिशिल, प्रभावकारी बनाउने विश्वास तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का केही दिनअघि पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि सभापति पद रिक्त भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
