२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

संयुक्त टोल सुधार समिति बेलहियाद्वारा निःशुल्क चिसो पानी वितरण

आइतवार , जेठ १०, २०८३

  • 424
    Shares
  • 424
    Shares
  • भैरहवा, १० जेठ । संयुक्त टोल सुधार समिति सिद्धार्थनगर–१, बेलहियाले निःशुल्क चिसो पानी वितरण कार्यक्रम सञ्चालन गरेको छ । विगत तीन दिनदेखि टोल सुधार समितिको सक्रियतामा निर्माण भएको बेलहिया बसपार्कमा प्रतिक्षालयमा पानी वितरण गरिएको अध्यक्ष गीता थापाले बताउनुभयो । उहाँले यो कार्यक्रमलाई अबको ८–९ दिनसम्म निरन्तरता दिइने जानकारी दिनुभयो ।

    टोल सुधार समितिको सचिव जमुना रेग्मी पौडेलले अत्यधिक गर्मीलाई मध्यनजर गर्दै सर्वसाधारणलाई केही राहत प्रदान होस् भन्ने उद्देश्यले चिसो पानी वितरण कार्यक्रम गरिएको बताउनुभयो ।

    WhatsApp Image 2026-05-24 at 10.57.45 AM (1).jpeg

    सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले संयुक्त टोल सुधार समितिले गर्मीयाममा राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

    WhatsApp Image 2026-05-24 at 10.57.45 AM (2).jpeg

    संयुक्त टोल सुधार समिति सिद्धार्थनगर–१, बेलहिया महिलाहरुमात्र आबद्ध संस्था हो ।