आइतवार , जेठ १०, २०८३
दाङ, १० जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आइतबार (आज) दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ ।
बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्वान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
