२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

जन्मदिनको अवसरमा ह्वील चेयर हस्तान्तरण तथा आर्थिक सहयोग

शनिवार , जेठ ९, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • भैरहवा, ९ जेठ । रुपन्देहीको भैरहवा निवासी लक्ष्मी के.सी.ले आफ्नो जन्मदिनको अवसरमा अशक्तलाई सहयोग गर्नुभएको छ ।

    के.सी.ले शनिबार कञ्चन गाउँपालिका–५ गरगरे उत्तर देउराली निवासी इन्द्रा थारु र गोबिन्द थारुको ७ वर्षिय छोरी अंशिका थारुलाई ह्वील चेयर हस्तान्तरण गर्नुभएको छ ।

    के.सी.का अनुसार अंशिका जन्मजात अशक्त (आँखा नदेख्ने, बोल्न नसक्ने, हिंड्डुल नसक्ने) छिन् । त्यस्तै उक्त परिवारलाई स्वास्थ्य बीमा गर्नुका साथै आर्थिक सहयोग पनि गरेको के.सी.ले जानकारी दिनुभयो । जन्मदिनको यो कार्य गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । 

    लक्ष्मी के.सी. बीमासँगै सामाजिक तथा आर्थिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।