२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भारतमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या

मंगलवार , बैशाख २८, २०७८

बुटवल, २८ बैशाख। कोरोना भाईरसको संक्रमणदर उच्च रहेको भारतमा दैनिक मृतकको संख्या अत्याधिक हुन थालेपछि शव व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेको जनाइएको छ।

अन्तराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार कोरोना संक्रमणबाट मृत्यू भएका मध्ये उत्तरी भारतको गंगा नदी किनारमा मात्रै करिव ४० भन्दा बढी शवलाई एकसाथ व्यवस्थापन गरिएको छ।

कोभिडको रोकथाम, नियन्त्रण र ब्यबस्थापनको निति आुसार भारतको विहार र उत्तर प्रदेश राज्यमा कोभिडबाट मृत्यु भएका सर्वसाधारणको शवहरु एकैपटक दहन गरिएको समाचारमा जनाइएको छ। समुदायस्तरमा भुषको आगोसरि सल्केको कोरोनाबाट संक्रमित भै मृत्यू हुनेको संख्या भारतमा बिश्वमै तेश्रो स्थानमा रहेको छ । 

स्थानियका अनुसार ठूलो संख्यामा मृतकको शव त्यहाँ ल्याइएकोबारे स्पष्ट नभएपनि ती सबै शवहरु कोरोनाबाट मृत्यु भई अलपत्र परेकाहरुको हुनसक्ने आशंका गरिएको छ। समाचारका अनुसार नदी किनारामा आधा जलाई छोडिएका सयौं शवहरु अझै यत्रतत्र छन् जस्का कारण पर्यावरणीय समस्या हुन सक्ने खतरा छ। 

भारतमा कोरोनाबाट अहिले दैनिक ४ लाख भन्दा बढी मानिस संक्रमित हुने गरेका छन् भने एकैदिन ४ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। अस्पतालहरु सबै बिरामीले भरिभराउ छन भने चिकित्सक र नर्सहरु समेत कोरोना संक्रमण भै आम मानिसको स्वास्थ्य उपचारमा थप समस्या आउने देखिएको छ।