२०८३, जेठ ५ गते

May 19 2026 | २०८३, जेठ ५ गते

सरकारले विनियोजन विधेयकमा अमरेश सिंहको आपत्ति

मंगलवार , जेठ ५, २०८३

  • 184
    Shares
  • 184
    Shares
  • काठमाडौं, ५ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारले संसदमा ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विरोध गर्नुभएको छ । 

    मधेसका लागि सो विधेयकमा कुनै पनि शब्द समेत उल्लेख नगरिएको जिकिर गर्दै उहाँले विरोध गर्नु भएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले राणा कालदेखि बन्न शुरु गरेको हुलाकी राजमार्ग सम्पन्न गर्नुपर्नेमा सरकारले कुनै शब्द समेत उच्चारण नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

    त्यस अवसरमा उहाँले मधेसले सबै भन्दा बढि मत दिएपनि सरकारले सो क्षेत्रको उपेक्षा गरेको भन्दै आपत्ति जनाउनु भयो । सांसद सिंहले मधेश विष्फोटको अवस्थामा रहेको भन्दै सो भन्दा अघि नै उपचारको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । 

    उहाँले भन्नुभयो,‘विनियोजन पढदाखेरी मधेसका लागि त्यहाँ केही पनि देखिएन । राणाकालदेखि जो हुलाकी राजमार्ग छ । तर उक्त विधेयकमा हुलाकी भन्ने शब्द पनि लेखिएको छैन । राणाकालपछि बनेको हुलाकी राजमार्ग आजसम्म सम्पन्न भएको छैन । कही पुल छैन, कही रोड नै छैन । त्यसपछि दुई वटा राजमार्ग बन्यो ।

    मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग । तर ११० वर्ष पुरानो हुलाकी राजमार्ग आजसम्म बनेको छैन । मैरै क्षेत्रमा क्रश गर्छ, त्यहाँ पनि बनेको छैन । विकास, निर्माण जहिले पनि जनताको लागि हुन्छ । भूगोलको लागि होइन । मधेसको सबै क्षेत्रको इन्डेक्स कर्णाली प्रदेशको भन्दा पनि विलो छ ।

    त्यसका लागि एउटा विशेष प्याकेजको घोषणा हामीले सोचेका थियौ । किनकी मधेसको यो सरकारमाथि किन पनि अधिकार छ भने सबै भन्दा बढि भोट मधेशले दिएको छ । म सरकारलाईं आग्रह गर्न चाहन्छु–मधेस विष्फोटको स्थितिमा छ । त्यो विष्फोट हुनु अघि त्यसको उपचार गरौैं ।’

    सांसद सिंहले सरकारले मधेस प्रदेशको विकासका लागि विशेष खालको प्याकेज कार्यक्रम ल्याउनुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।