२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

सामुदायिक वन समन्वय समिति पाल्पाको ‘संरक्षणमा २५ वर्षे यात्रा’ विशेष कार्यक्रम

शुक्रवार , जेठ १, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • पाल्पा, १ जेठ । सामुदायिक वन समन्वय समिति, तिनाउ–पाल्पाले ‘संरक्षणमा २५ वर्षे यात्रा’ विशेष कार्यक्रम शुक्रबार तिनाउको अर्घाछाप सभाहलमा सम्पन्न गरेको छ । 

    कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले वन स्थानीय सरकारको प्रयोगका हिसावले कमजोर रहेको बताउँदै वनलाई आर्थिक उपार्जनसँग जोड्दै वन–उद्यम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तिनाउ जलाधार संरक्षणका लागि सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाले संरक्षणको २५ वर्षे यात्रामा उल्लेखनीय कार्यहरु गर्दै आएकोमा बधाई ज्ञापन समेत गर्नुभयो ।

    अध्यक्ष श्रेष्ठले जडीबुटी र प्राकृतिक स्रोतसाधनले धनी तिनाउ गाउँपालिकाले हरित् प्रवद्र्धनमा विशेष पहल गरेको र स्थानीय वन ऐन निर्माणमा समेत समितिको सहयोगको अपेक्षा गर्नुभयो । 

    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका लालबहादुर थापाले वन, वातावरण र जैविक विविधता संरक्षणमा विशेष पहल गर्दै आएको समन्वय समितिले जलवायु परिवर्तन अनुकूल र व्यवस्थापनसम्बन्धि कार्यक्रम निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

    WhatsApp Image 2026-05-15 at 4.52.56 PM (1).jpeg

    सोही कार्यक्रममा तिनाउ सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत प्रेमबहादुर चौधरीले तिनाउमा रहेका सावउसहरुको संरक्षण र प्रवद्र्धनमा समन्वय समितिले गरेका गतिविधिहरु प्रभावकारी रहेको बताउनुभयो । 

    कार्यक्रममा समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले वन, वातावरण र जैविक विविधता संरक्षणमा विगत २५ वर्षदेखि गर्दै आएका गतिविधि, समस्या र चुनौतीहरु, प्राप्त उपलब्धिहरु र भविष्यको गोरेटो विषयमा प्रिजेन्टेसन गर्नुभएको थियो । 

    साथमा संस्थाले गर्नुपर्ने विषयहरुमा संस्थाका पूर्वअध्यक्षहरु राजेश श्रेष्ठ, महेन्द्र प्रसाद पाण्डेय, थानिडाँडा माविका प्रअ ईमानसिं थापा, तिलोत्तमा माविका ईको शिक्षक खड्कबहादुर रायमाझी, वनघुस्री सावउसका अध्यक्ष रोमबहादुर लम्तरीले रायसुझाव र पृष्ठपोषण प्रदान गर्नुभएको थियो । 

    कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अमरसिं प्रधान र तिनाउ गाउँपालिकालाई सम्मान प्रदान गरिएको थियो  । ‘संरक्षणमा २५ वर्षे यात्रा’ को ब्रोसर पालिका अध्यक्ष प्रेम श्रेष्ठले विमोचन गरिएका थिए । सहभागी अतिथिहरुलाई दालचिनीको बेर्ना मायाको चिनोस्वरुप उपहार प्रदान गरिएको थियो । 

    WhatsApp Image 2026-05-15 at 4.56.41 PM.jpeg

    संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयको अध्यक्षता, सह–सचिव सावित्रा रानाले स्वागत, उपाध्यक्ष शेरजंग थापाले धन्यवाद ज्ञापन तथा महासचिव गणेश रास्कोटीले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।