२०८३, आषाढ ९ गते

Jun 23 2026 | २०८३, आषाढ ९ गते

बुटवल यातायात प्रा.लि.मा रविन्द्रमान श्रेष्ठ तेस्रोपटक सर्वसम्मत अध्यक्ष निर्वाचित

शनिवार , बैशाख २६, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, २६ वैशाख । पाँच वर्षअघि रुपान्तरित बुटवल यातायात व्यवसायी प्रा.लि.को अध्यक्षमा पुनः रविन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । उक्त प्रा.लि.को शुक्रबार बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा सञ्चालक समिति चयन गरिएको हो ।

    बुटवल उपमहानगरपालिका–११ निवासी श्रेष्ठ सञ्चालक समितिको निर्णय अनुसार तेस्रोपटक अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । 

    प्रा.लि.को चारवर्षे कार्यकालका लागि ७ सदस्यीय सञ्चालक समितिमा श्रेष्ठसहित उपाध्यक्षमा रामबहादुर शाही, प्रबन्ध सञ्चालकमा दीपक प्रसाद श्रेष्ठ, सञ्चालकमा कविन्द्रमान श्रेष्ठ, ज्ञानबहादुर सार्की, लालप्रसाद शर्मा र रमेश खड्का सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता अर्जुन कार्कीले जानकारी दिनुभयो । संयोजक कार्कीका अनुसार पहिलो चरणमा निर्वाचित सञ्चालक समितिले रविन्द्र मान श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

    त्यसै गरी बुटवल–नारायणगढ–हेटौंडा रुट संयोजकमा विनोदसिंह ठकुरी, बुटवल–बाँसगढी–ढोरपाटन–मेलढाप रुट संयोजकमा लक्ष्मण परियार, बुटवल–बर्दघाट–शंकरपुर संयोजकमा बालकुमार यादव, बुटवल–चन्द्रौटा–कृष्णनगर–दाङ संयोजकमा विष्णु बहादुर खत्री, बुटवल–चार नम्बर–बनगाई संयोजकमा केशव नेपाली, पत्थरकोट–गोरुसिंगे–खुनुवा–तौलिहवामा लवप्रसाद पाण्डे, लामोदुरीमा धनबहादुर भलामी, बुटवल–हरैया–भैरहवामा राजुकुमार लम्तरी तथा चार नम्बर–तौलिहवा–पिपरा–अलिगढको संयोजकमा सिद्धिमान गिरीलाई चयन गरिएको छ ।

    नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले व्यवसायीको लगानीको सुरक्षा र यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल र पैरवी गर्ने सञ्चालक समितिको प्रमुख दायित्व रहेको बताउनुभयो । पुनः निर्वाचित भएपछि बोल्दै उहाँले बुटवल यातायात प्रा.लि.लाई देशकै उत्कृष्ट सार्वजनिक यातायात सेवा प्रदायक संस्थाको रुपमा विकास गर्ने गरी काम गर्ने पनि प्रतिवद्धता व्यक्त व्यक्त गर्नुभयो । साधारण सभा तथा अधिवेशनको उद्घाटन निवर्तमान अध्यक्ष डिल बहादुर थापाले गर्नुभएको थियो ।