२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

रोहिणीमा लागूऔषध तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम

बुधवार , बैशाख २३, २०८३

  • 400
    Shares
  • 400
    Shares
  • भैरहवा, २३ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्थित पिछपागढ माध्यमिक विद्यालयमा लागूऔषध तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

    सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी–४ को आयोजना तथा इलाका प्रहरी कार्यालय धकधईको सहकार्यमा एकदिने कार्यक्रम भएको हो ।

    सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता तथा रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय, धकधईका प्रमुख प्रहरी निरीक्षक रामभक्त भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

    समुदाय–प्रहरी साझेदारी अन्तर्गत भएको कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले प्रहरीसँगको सहकार्यमा लागूऔषध दुव्र्यसनी र ओसारपसार न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । 

    690865264_26625440597140918_1195031867785006289_n.jpg

    छिपागढ माविका सहायक प्राचार्य अहमद अलि अन्सारी र मीना पाण्डेको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।