२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

१५ दिने एड्भान्स ब्याग बनाउने तालिम सम्पन्न

बुधवार , बैशाख २३, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, २३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने महिलाहरुका लागि सञ्चालित निःशुल्क १५ दिने एड्भान्स ब्याग बनाउने तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालयको सहयोग तथा ए फोर टेनिङ्ग सेन्टर प्रा.लि. सिद्धार्थनगर–८, रुपन्देहीको व्यवस्थापन सहयोगमा भैरहवामा तालिम सञ्चालन भएको थियो ।

    तालिमको मंगलबार आयोजित समापन कार्यक्रममा नगर उपप्रमुख उमा अधिकारीले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताउनुभयो । ‘अरुले के गर्यो भन्दा पनि मैले के गर्ने भन्ने सोचका साथ अघि बढ्नुपर्छ, ’उहाँले भन्नुभयो । सीप सिकेर महिला आत्मनिर्भर बन्न आवश्यक रहेकोमा उपप्रमुख अधिकारीले जोड दिनुभयो । नगरमा विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो । 

    ए फोर टेनिङ्ग सेन्टर प्रा.लि.को निर्देशक अनिल के.सी.को अध्यक्षता तथा प्रशासन प्रमुख सुनिता पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    २५ जनाको सहभागीता रहेको तालिममा प्रशिक्षकद्वय नर्वदा पचभैया र नितिसा गाहाले सहजीकरण गर्नुभएको थियो ।