२०८३, आषाढ ६ गते

Jun 20 2026 | २०८३, आषाढ ६ गते

कालिंगा क्यासिनोबाट १९ नेपाली पक्राउ

बुधवार , बैशाख २३, २०८३

  • 871
    Shares
  • 871
    Shares
  • भैरहवा, २३ वैशाख । क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १९ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको संयुक्त टोलीले मंगलबार सिद्धार्थनगर नगरपालिका–१० स्थित रोयल कालिंगा क्यासिनोमा आकस्मिक रुपमा चेकजाँच तथा अनुगमन गरेको थियो ।

    चेकजाँच तथा अनुगमन गर्दा जुवा खेलिरहेको अवस्थामा नेपाली नागरिक तथा जुवा खेलाउने कार्यमा संलग्न क्यासिनोका म्यानेजरलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।

    जुवा खेलाउने कार्यमा संलग्न रुपन्देहीको सिद्धर्थनगर नगरपालिका–६ गल्लामण्डी बस्ने २२ वर्षिय अभय कुमार गुप्ता, सिद्धार्थनगर नगरपालिका–२ बस्ने २६ वर्षिय सुशान्त अधिकारी, ओमसतिया गाउँपालिका–२ बस्ने २९ वर्षिय निक्षेंद नेपाल र सिद्धार्थनगर नगरपालिका–१३ बस्ने २८ वर्षिय संजय शाक्यलाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिनुभयो ।

    त्यस्तै जुवा खेल्ने कार्यमा संलग्न काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ बस्ने ५० वर्षिय जिवन थापा, रुपन्देहीको देवदह नगरपालिका–५ खैरनी बस्ने ३२ वर्षिय अकाश गुप्‍ता, सोही स्थानका ३३ वर्षिय सुनारी मगर, गुल्मीको रेसुङ्गा नगरपालिका–६ बस्ने ४२ वर्षिय नेत्र पोख्रेल, कोटहीमाई गाउँपालिका–३ बस्ने २९ वर्षिय अब्दुल कलाम जोलहा, सिद्धार्थनगर नगरपालिका–९ बस्ने ५८ वर्षिय अभिषेक शर्मा, तिलोत्तमा नगरपालिका–१५ बस्ने ४४ वर्षिय शिव पाण्डे, ललितपुरको ललितपुर महानगरपालिका–५ बस्ने ५० वर्षिय बाबुराजा महर्जन, रुपन्देहीको सैनामैना नगरपालिका–४ बस्ने ३४ वर्षिय रोहन वि.क. भन्ने तिल बहादुर वि.क., पर्साको वीरगंज नगरपालिका–७ बस्ने ४४ वर्षिय जंक कुमार अग्रवाल, रुपन्देहीको मायादेवी गाँउपालिका–५ बस्ने २८ वर्षिय निरज गुप्ता, सोही स्थानका २१ वर्षिय सुरज जयसवाल, १८ वर्षिय रमेश यादव, तिलोत्तमा नगरपालिका–६ बस्ने ३८ वर्षिय निर्मल बस्याल र सैनामैना नगरपालिका–४ बस्ने ३० वर्षिय भारत थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले क्यासिनोबाट नगद ९५ हजार ५ सय रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल सेट १७ थान र क्यासिनो क्वाइन २ सय थान बरामद गरेको छ । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।