images

आइतवार, बैशाख १६ गते २०८१

अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शैया सञ्चालन हुन्छ : युसीएमएस

अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शैया सञ्चालन हुन्छ : युसीएमएस

images
images
images
आइतवार, बैशाख २६ २०७८
आइतवार, बैशाख २६ २०७८
  • अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शैया सञ्चालन हुन्छ : युसीएमएस

    भैरहवा, २६ वैशाख । 
    भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)ले मेडिकल अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित शैया मात्र सञ्चालनमा ल्याइ सेवा प्रदान गरिने जनाएको छ । युसीएमएसले थप कोरोना संक्रमित बिरामीहरु भर्ना गरी उपचारमा निरन्तरता दिन असहज परिस्थिति सिर्जना भएकोले सोमबारदेखि सीमित शैया मात्र सञ्चालनमा ल्याउने बताएको छ ।

    images

    आइतबार विज्ञप्ती जारी गर्दै युसीएमएसले उपचारका लागि आवश्यक पर्ने दैनिक ७ सय बढी सिलिण्डरबाट मेडिकल अक्सिजनको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज परिस्थिति भएको बताएको छ ।

    युसीएमएसका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. साधन मुखीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना संक्रमित बिरामीहरु समेत गरी दैनिक २ सय जना गम्भिर प्रकृतिका विरामीहरुकको उपचार गर्दै आएका छौं, सम्बन्धित सरोकारवाला पक्षलाई असहज परिस्थितिलाई सहजीकरण गर्न आवश्यक सहयोगका लागि अनुरोध गर्दछौ ।’ 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij