२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रुपन्देहीमा आज ४ सय ९२ संक्रमित, ३ सय ७४ संक्रमण मुक्त

आइतवार , बैशाख २६, २०७८

बुटवल, २६ बैशाख।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा आज ४ सय ९२ संक्रमित थपिएका छन भने ३ सय ७४ संक्रमण मुक्तभै घर फर्किएका छन्। यसअवधीमा मृत्यू हुने संक्रमितको संख्या ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार रुपन्देहीमा आजसम्ममा मृत्यु हुनेको कुल संख्या २ सय ६८ पुगेको छ।  

आज थपिएका नयाँ संक्रमितहरुमा बुटवल उपमहागरमा १ सय ९१ जना, तिलोत्तमामा १ सय ३५ जना, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७ जना, सैनामैनामा २१ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। 

त्यसैगरि ओमसतियामा १६ जना, सियारीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, सुद्धोधन र रोहिणीमा ३/३ जना, मायादेबी, कञ्चन र कोटहिमाईमा २/२ जना तथा मर्चवारीमा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ।