२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

अमिताभ बुद्व बौद्व विहारद्वारा लुम्बिनीमा पानी र मिठाई वितरण

शनिवार , बैशाख १९, २०८३

  • 412
    Shares
  • 412
    Shares
  • भैरहवा, १९ वैशाख । अमिताभ बुद्व बौद्व विहार परिवार मायादेवी–८ मतकोलवाले बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार पानी र मिठाई वितरण कार्यक्रम गरेको छ ।

    २५७० औं बुद्धजयन्ती (बुद्ध पूर्णिमा) को अवसरमा लुुम्बिनी आएका पर्यटक र भक्तजनहरुलाई पानी र मिठाई वितरण गरिएको बौद्ध विहार का अध्यक्ष अनिल कुमार के.सी.ले बताउनुभयो । अध्यक्ष के.सी.का अनुसार यस वर्ष २ हजार जना बढीलाई पानी (मिनरल वाटर) र मिठाई वितरण गरिएको छ ।

    २०६८ सालमा स्थापना भएको अमिताभ बुद्व बौद्व विहारले स्थापनाकालदेखि नै यसप्रकारको कार्यक्रम गर्दै आएको अध्यक्ष के.सी.ले जानकारी दिनुभयो । आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जाने उहाँको भनाइ छ ।