images

आइतवार, बैशाख १६ गते २०८१

कोरोना संक्रमितको उपचार सहज ढंगले हुने वातावरण बनाउन माग

कोरोना संक्रमितको उपचार सहज ढंगले हुने वातावरण बनाउन माग

images
images
images
आइतवार, बैशाख २६ २०७८
आइतवार, बैशाख २६ २०७८
  • कोरोना संक्रमितको उपचार सहज ढंगले  हुने वातावरण बनाउन माग

    भैरहवा, २६ वैशाख । 
    लुम्बिनी प्रेस क्लब रुपन्देहीले आफ्नो सदस्य पत्रकार तथा आम नागरिकलाई कोरोना उपचारमा सहजताको लागि स्थानीय प्रशासन र अस्पताल प्रशासनको ध्यानकर्षण गराएको छ । क्लबका अध्यक्ष नरेश के.सी.ले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थलगत रिपोर्टिङमा हिड्ने क्लबका सदस्य पत्रकार तथा आम नागरिकको कोरोना संक्रमणपछिको उपचारमा जिल्लाका अस्पताल प्रशासनलाई अझै क्रियाशिल र व्यवस्थित गराउन माग गरेका हुन् । 

    images

    महामारीको जोखिममा पनि आफ्नो कर्तव्य र दायित्व सम्झेर समाचार संकलनको क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई कोरोना संक्रमण भइरहदा सहज ढंगले उपचार गर्ने गराउने वातावरण बनाइदिन प्रशासनलाई अनुरोध गरेका छौं, क्लबका अध्यक्ष नरेश के.सी.ले भने । 

    फ्रन्टलाइनमा खटिरहेका पत्रकारहरुको लागि राज्य गम्भिर रहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने,-‘लुम्बिनी प्रेस क्लबले कोभिड संक्रमितहरुको उपचार लागि ध्यानाकर्षण पत्र बुझाएको छ, हामी सबै पत्रकार तथा आम जनताको उपचार सहज र व्यवस्थित ढंगले होस् भनी यसै पत्रलाई साथमा राखी जिल्लाका सबै अस्पताललाई थप निर्देशन दिनेछौ ।  

    ‘लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्यहरुको लागि स्यानिटाइजर, मास्कहरु आवश्यक भए जति उपलब्ध समेत गराउँदै आएको छ ।’ मास्क, स्यानिटाइजरको लागि संस्थाका कोषाध्यक्ष प्रकाश न्यौपानेले संयोजन गरिरहेका छन् । त्यसै गरी क्ल्बले लुम्बिनी रोडमा रहेको चारतल्ले भवन पनि अक्सिजन बैक, आइसोलेशन वा होल्डिङ सेन्टर जे उपयुक्त हुन्छ त्यही राख्ने गरी सरकारी तथा गैरसरकारी निकायलाई दिने निर्णय पनि गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij