images

आइतवार, बैशाख १६ गते २०८१

रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीय तहमा आइसोलेशन सेन्टर

रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीय तहमा आइसोलेशन सेन्टर

images
images
images
आइतवार, बैशाख २६ २०७८
आइतवार, बैशाख २६ २०७८
  • रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीय तहमा आइसोलेशन सेन्टर

    भैरहवा, २६ वैशाख ।
    रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत पर्ने स्थानीय तहहरुले आइसोलेशन सेन्टर निर्माण गरेका छन् । तीव्र रुपमा बढ्दै गएको दोस्रो लहरको कोरोना भाइरसको नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन नागरिकको ‘घरदैलोको सरकार’ भनेर चिनिने स्थानीय तहले पालिकामै आइसोलेशन सेन्टर निर्माण गरेका हुन् ।

    images

    कोरोना भाइरस संक्रमण पुष्टि भएका र लक्षण नदेखिएका बिरामीहरुको उपचार तथा हेरचाहका लागि रुपन्देहीको दक्षिण क्षेत्र मर्चवार अन्तर्गत पर्ने कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकामा आइसोलेशन सेन्टर निर्माण गरिएको छ । कोटहीमाई गाउँपालिकामा ७ बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले बताए । ‘मझगावा स्वास्थ्य चौकीमा ७ बेडको आइसोलेशन सेन्टर निर्माण गरेका छौं, आवश्यकता अनुसार बेड थप्दै जान्छौं, ’उनले भने । अहिले ५ जना कोरोना संक्रमित बिरामी आइसोलेशनमा रहेको उनले जानकारी दिए ।

    त्यस्तै सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ स्थित असुरैनामा ५ बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीका अनुसार तीन जना स्वास्थ्यकर्मीसहितको टोली पालैपालो आइसोलेशन सेन्टरमा खटिएका छन् । हाल ३ जना संक्रमित सेन्टरमा रहेको उनले बताए । 

    कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिए तत्काल परीक्षण गराउन सम्मरीमाई गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले गाउँपालिकावासीको लागि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरिएको बताए । 

    त्यस्तै मर्चवार अन्तर्गत केही क्षेत्र ओगटेको मायादेवी गाउँपालिकामा आइसोलेशन सेन्टर सञ्चालनको तयारीमा रहेको छ । गाउँपालिकाको सभाहलमा १० बेडसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए । कोरोना संक्रमित विरामीहरुको उपचार तथा हेरचाहको लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले बताए ।

    लक्षण देखिएका र गम्भिर प्रकृतिका बिरामीहरुका लागि अस्पतालमा अक्सिजन र आइसीयू अभावका कारण छटपटिनु परेको तथा कतिपय अवस्थामा ज्यानै जाने क्रम बढेको बेला रुपन्देहीको दक्षिणी क्षेत्रमा आइसोलेशन सेन्टर बनाउनु महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । नियन्त्रण र उपचार पद्दतिलाई सहज बनाउन आइसोलेशन सेन्टरलाई थप व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता देखिन्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij