आइतवार , बैशाख ६, २०८३
भैरहवा, ६ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २२ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ ।
टोलीले चैत ४ गते शुक्रबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरीपैठारी गरिएको अन्दाजी मूल्य २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।
प्रहरीले बरामद गरेको सामानमा लेडिज सुट, कुर्ता, काचो कपडा, ग्लो लब्ली क्रिम, बच्चाको चप्पल, कटन प्याड, जिउँदो कोईलर कुखुरा, केरा, मोटरसाइकल, साइकल लगायत छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij