२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण झन्डै दुई सय जनाको मृत्यु

बुधवार , बैशाख २, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • काठमाडौं, २ बैशाख । अफगानिस्तानमा विगत १८ दिनमा आएको वर्षा र बाढीका कारण झन्डै २०० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले जानकारी दिनुभएको छ ।

    विगत १८ दिनमा भारी वर्षा, हावाहुरी र विनाशकारी बाढीले १ सय ८९ जनाको ज्यान लिएको छ । ९ जना बेपत्ता छन् र अन्य २५३ जना घाइते भएका छन् ।

    आधिकारिक रेडियो र टेलिभिजन अफगानिस्तानले हाफिज मोहम्मद युसुफ हम्मादलाई उद्धृत गर्दै यसबारे जानकारी दिनुभएको हो । अधिकारीकाअनुसार वर्षा र बाढीका कारण कुल १ हजार ३०३ घर ध्वस्त भएका छन् र ५ हजार ८ सय भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।

    अफगानिस्तानका मुख्य भागहरूमा मार्च २५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी देखिएको छ र मौसम विभागले मंगलबार देशका ३४ मध्ये १४ प्रान्तमा थप वर्षा हुने पूर्वानुमान गरेको छ ।