२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

आइसोेलेशन सेन्टर बनाउन भवन दिने लुम्बिनी प्रेस क्लबको निर्णय

शनिवार , बैशाख २५, २०७८

भैरहवा, २५ वैशाख ।
लुम्बिनी प्रेस क्लब रुपन्देही बैठक शनिबार सम्पन्न भएको छ । भर्चुवल माध्यमबाट सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनी रोडमा रहेको क्लबको चारतल्ले भवनमा कुनै स्थानीय तह वा संघ–संस्थाले आइसोलेशन सेन्टर बनाउन चाहेमा दिने निर्णय गरेको छ ।

त्यसै गरी पत्रकार तथा आम नागरिकलाई कोरोना उपचारमा सहजताको लागि सथानिय प्रशासन र अस्पताल प्रशासनसंग समन्वय गर्ने निर्णय भएको क्लबका अध्यक्ष नरेश के.सी.ले बताए ।

बैठकले स्थलगत रिपोर्टिङमा खट्ने क्लबका सदस्यहरुको लागि आवश्यक मास्क, स्यानिटाइजर उपलब्ध गराउने निर्णय गर्दै त्यसको संयोजन गर्ने गरी संस्थाका कोषाध्यक्ष प्रकाश न्यौपानेलाई संयोजक चयन गरेको छ ।

त्यसै गरी बैठकले कोरोना संक्रमितहरुको सहज स्वास्थ्य उपचारको व्यवस्थाको लागि तीनै तहका सरकार र स्थानीय प्रशासनसंग माग गरेको छ । बैठकले कोरोना संक्रमित भई निधन भएका पत्रकारहरु तथा सबै मानव जातिहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपचारत संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको क्लबका सचिव शंकर प्रसाद पाण्डेले जानकारी दिए ।