२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी को गभर्नरमा सन्दिप कसौधन निर्वाचित

सोमवार , चैत्र ३०, २०८२

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • बुटवल, ३० चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी को गभर्नरमा सन्दिप कसौधन निर्वाचित हुनुभएको छ । बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट आगामी वर्ष २०२६/०२७ को लागि गभर्नरमा कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

    त्यस्तै फस्ट भाइस डिष्ट्रिक गभर्नर (भिडिजी) मा मीना पन्थी र सेकेन्ड भिडिजिमा अर्चित श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसै गरी डिष्ट्रिक सचिवमा आशिष कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र घिमिरेलाई चयन गरिएको छ । 

    लायन्स क्लब इन्टरनेशनल ‘डिष्ट्रिक ३२५ पी को चौथो कन्वेसन अन्तर्गत आयोजित कार्यक्रममा नवनिर्वाचित गभर्नर कसौधनले सम्पूर्ण लायनहरुलाई एकजुट भइ मानवीय सेवामा निश्वार्थ रुपमा समर्पित रहन तथा लक्ष्य प्राप्तिका लागि अविचलित रुपमा लाग्न आग्रह गर्नुभयो । 

    नेपालको अब हरेक टोल र घरमा सक्षम र असल नेतृत्व उत्पादनमा प्रेरित गर्नका लागि लायन्स क्लब ईन्टरनेश्नल ‘डिष्ट्रिक ३२५ पिले यसको नेतृत्व गर्ने गभर्नर कसौधनले बताउनुभयो । 

    डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको अध्यक्षता तथा लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोस राजेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा चौथो कन्वेसन सम्पन्न भएको थियो ।