
शुक्रवार , बैशाख २४, २०७८
भैरहवा, २४ वैशाख ।
भीम अस्पताल, भैरहवाले २०७८ वैशाख २४ गते शुक्रबार अस्पतालको नाममा प्रकाशित सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा अस्पतालको तर्फबाट अस्पताल प्रशासनलाई जानकारी नदिई प्रकाशित भएको प्रेस वक्तव्यप्रति कुनै सत्यता नरहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अस्पतालमा अक्सिजन ग्यासको अभाव नरहेको सम्बन्धमा सबैमा जानकारीको लागि अनुरोध छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij