बुधवार , चैत्र २५, २०८२
काठमाडौं, २५ चैत । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँले विद्यालय तहमा नै सडक सुरक्षा सम्बन्धि अनिवार्य सचेतना अभियान सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद मियाँले सडक दुर्घटना भएलगत्तै आवश्यक उपचारको तत्काल व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सडक दुर्घटना हुन नदिनका लागि ट्राफिक नियमको पालनामा कडाई गर्न पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘युवा तथा विद्यार्थी सचेतना कार्यक्रम गरियोस् । विद्यालय स्तरमा नै सडक सुरक्षा सम्बन्धि अनिवार्य सचेतना अभियान सञ्चालन गरियोस ।
दुर्घटना भएलगत्तै उद्धार र उपचारका लागि एम्बुलेन्स, ट्रमा सेन्टर तथा छिटो स्वास्थ्य सेवा सुनिश्चित गरियोस् ।’सांसद मियाँले सरकारले सडक सुधार गरेर सडक दुर्घटना हुन नदिने गरी काम गर्नुपर्ने पनि बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij