२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

प्रधानमन्त्री साहद्वारा विदेशी राजदुतहरुसँग छलफल

बुधवार , चैत्र २५, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • काठमाडौं, २५ चैत । प्रधानमन्त्री बालेन्द्र साहले विदेशी राजदुतहरुसँग छलफल गर्नुभएको छ । 

    साह नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदुतहरुसँग सामुहिक छलफल गर्नुभएको हो । मध्याह्न सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदुतहरुसँग प्रधानमन्त्री साहले छलफल गर्नुभयो ।

    देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    छलफलमा सहभागी राजदूतहरुले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री साहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।