बुधवार , चैत्र २५, २०८२
भैरहवा, २५ चैत । होटल पौवा प्रा.लि.को स्थापना दिवसको अवसरमा रुपन्देहीको भैरहवामा रक्तदान कार्यक्रम गरिएको छ । होटल पौवा भैरहवा शाखाको आयोजनामा बुधबार भएको कार्यक्रममा ३० यूनिट रगत संकलन भएको शाखाका महाप्रबन्धक निशान खरेलले बताउनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत भीम अस्पताल भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको होटल पौवाले जनाएको छ ।
रक्तदान कार्यक्रम अघि भैरहवामा प्रभातफेरी (र्याली) निकालिएको छ । र्यालीमा ‘स्वच्छ खाना, सुरक्षित स्वास्थ्य-हाम्रो प्रतिबद्धता’, गुणस्तरीय सेवा र स्वादिलो परिकार–हाम्रो पहिचान’, ‘पर्यटन विकासमा हाम्रो सानो प्रयास’ लगायतका सन्देश बोकेका पम्पलेटहरू वितरण गर्दै होटलका कर्मचारीहरूले भैरहवा नगर परिक्रमा गरेका थिए ।
होटल पौवाका भैरहवाका महाप्रबन्धक निशान खरेलले बिहीबार (भोलि) बिहान १०ः३० बजे औपचारिक उद्घाटन गरी तीनदिने ‘स्वाद उत्सव’ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उक्त उत्सवमार्फत नेपाली खानाको प्रवद्र्धन, पर्यटन विकास तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
होटल पौवाले ‘स्वदेशमै रोजगारी हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै सामाजिक तथा व्यवसायिक गतिविधिहरूलाई निरन्तरता दिदै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij