
शुक्रवार , बैशाख २४, २०७८
बुटवल, २४ वैशाख ।
आज पनि लुम्बिनी प्रदेशका अन्य जिल्लाहरु भन्दा सबैभन्दा बढी रुपन्देहीमा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ नमुना परीक्षण गर्दा ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा ११ जनाको मृत्यु भएको छ भने २ सय ६० जनालाई कोरोना भाइरसको संक्रमणबाट निको भइ घर फर्किएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसै गरी तिलोत्तमामा १ सय ३४ जना, सिद्धार्थनगरमा ८३ जना, सैनामैनामा ५८ जना र देवदहमा ५० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै शुद्धोधनमा १८, मायादेवीमा १५, सियारीमा १४, कञ्चनमा ११ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८, ओमसतियामा ५, कोटहीमाईमा ६, रोहिणीमा ४, मर्चवारी र सम्मरीमाई गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा ६ हजार जना सक्रिय संक्रमितमध्ये २ सय ६९ जनामा लक्षण देखिएको छ । हालसम्म रुपन्देहीमा २ सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij