आइतवार , चैत्र २२, २०८२
काठमाडौं, २२ चैत । जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका छन् ।
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आज बिहान नियन्त्रणमा लिएको हो । शुक्रवार राति शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पनि पक्राउ परेका थिए ।
उनलाई प्रहरीले भैरहवास्थित नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । सुलभ अग्रवाल यसअघि कोभिडकालमा थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका थिए । सो बेला केही दिन हिरासत बसी उनी छुटेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij