२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

कांग्रेस रुपन्देहीले पार्टी कार्यालय आइसोलेशन निर्माणका लागि दिने

शुक्रवार , बैशाख २४, २०७८

  • 5.7K
    Shares
  • 5.7K
    Shares
  • भैरहवा, २४ वैशाख ।
    नेपाली कांग्रेस रुपन्देहीले कोरोना महामारीको दोस्रो चरण समुदायस्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको बेला भैरहवामा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने भएको छ । 

    कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडी २ वटा हल, ११ वटा कोठासहितको दुईतले कम्पाउन्डसहितको भवन रहेको छ । उक्त भवन आइसोलेशन निर्माणको लागि स्थानीय, प्रदेश, संघीय सरकार वा अन्य कुनै गैरनाफामुखी संस्थाले लिन चाहेको खण्डमा तत्काल प्रयोगमा दिने व्यवस्था मिलाइएको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

    सरोकारवाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि गभिर बन्न आग्रह गर्दै उनले कुनै पनि कोभिडका बिरामीलाई उपचारको लागि बेडको समस्या नहोस् भन्ने हेतुले आफूहरु पार्टी कार्यालय आइसोलेशन निर्माणको लागि दिन आवश्यक अरु सहयोग समेत गर्न तयार रहेको बताए ।